प्रदीप मेमोरियल बास्केटल: महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने

पुरुषको सेमिफाइनल समिकरण

पाेखरा | पुस ५, २०८१

प्रदीप मेमोरियल बास्केटल: महिलातर्फ ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् । 

 

पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

 

यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए  । 

 

उनका अनुसार शनिबार उपाधिका लागि भिड्नेछन् ।

 

यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ ।

 

पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित गर्याे । यस्तै दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अङ्कले पराजित गर्याे। 

 

यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अङ्कले पराजित गर्याे। चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले हरायाे । 

 

शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए । 

 

खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।

 

गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।

 

यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
 

 

महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

 

संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्